
वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख २६ हजार ३४३ रुपैया संकलन भएको छ।हिमाली साँस्कृतिक परिवारले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
वरिष्ठ सस्कृतिकर्मी गुरुङको गतवर्ष कोरोना महामारीका कारण गुमाउनुपरेकाले हिमाली साँस्कृतिक परिवारले संस्थाका मानार्थ सदस्य एवम सल्लाहकार रुद्रकुमारी गुरुङ मैनाको संयोजकत्वमा गठित स्मृतिकोष समितिले उक्त रकम संकलन गरेको हो। स्वर्गीय गुरुङको योगदानको चिरकाल स्मरणका अक्षयकोष स्थापित गरी वरिष्ठ लोकसँस्कृतिकर्मीहरुलाई सम्मान, सकृय कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृति संरक्षण एवम विकास गर्ने उद्धेश्यले कोषको स्थापना गरिएको स्मृतिकोष समितिका संयोजक रुद्रकुमारी गुरुङ मैनाले जानकारी दिनुभयो। कोषको वार्षिक व्याजबाट आउदो वर्षदेखि कार्यक्रम गरिने बताउनुहुदै छोटो अवधिमा स्मृतिकोषका लागि रकम सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाता, शुभेच्छुुक, शुभचिन्तकहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
कोषका लागि देश विदेशका विभिन्न स्वर्गीय गुरुङको आफन्तजन, शुभचिन्तक, शुभेच्छुक महानुभावहरु एवम संघ संस्थाले सहयोग गरेको स्मृतिकोष समितिका कोषाध्यक्ष एवम हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले बताउनुभयो। उहाँका अनुसार हालसम्म संकलित रकम मध्ये ३५ लाख रुपैया अक्षयकोष स्थापना गरिने र शुभेच्छुकहरुबाट अझै पनि रकम आउने क्रम जारी रहेको बताउनुभयो। हिमाली साँस्कृतिक परिवारका सल्लाहकार हुमबहादुर गुरुङले कोषको बार्षिक व्याजबाट वरिष्ठ लोक स्रस्टालाई वार्षिक राष्ट्रियस्तरको पुरस्कार, लोककलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र लोक संस्कृति संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम हुने गरी विनियम बनेको बताउनुभयो। वरिष्ठ लोक सँस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषको संचालनको पुर्णाधिकार हिमाली साँस्कृतिक परिवारले गर्ने उहाँले जानकारी दिनुभयो।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले कोष स्थापनाका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुहुदै कोष बृद्धिका लागि शुभेच्छुकहरुलाई थप सहयोगका लागि आग्रह समेत गर्नुभयो।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…