
नेपालमा बसन्त ऋतुको पर्वतारोहण सिजन सकिएसँगै पर्यटक आगमन घट्न थालेको छ । मे २०२२ मा अघिल्लो महिना अप्रिलको तुलनामा कम पर्यटक भित्रिएको अध्यागमन विभागले तथ्यांक देखिएको छ । विभागका अनुसार मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल आए ।
विभागका अनुसार मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल आए । यो अघिल्लो महिनाको तुलनामा ४ हजार ७७६ जना कम हो । अप्रिल महिनामा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका थिए । अघिल्लो महिना आरोहणमा आउने पर्वतारोहीका कारण संख्यामा उल्लेख वृद्धि भएको थियो । यो संख्या वर्षायाम सुरु हुन थालेसँगै काम भएको हो । नेपालमा मनसुन सिजनमा पर्यटक आगमन सामान्य अवस्थामा समेत कम हुने गरेको छ ।
विभागको तथ्यांक अनुसार सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । कोभिड १९ को समयमा झण्डै शून्यमा झरेको पर्यटक आगमन अहिले भने सुधारोन्मुख अवस्थामा छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशत रिकोभर भएको देखिएकोछ । अध्यागमन विभागको तथ्यांक अनुसार एक महिना मे २०२२ मा भारतबाट मात्र २६ हजार ६६२ जना पर्यटक नेपाल आएका छन् । यो हवाई मार्ग प्रयोग गरेर आउने भारतीयको मात्र संख्या हो । सरकारले स्थलगत रुपमा आउने भारतीय नागरिकलाई पर्यटको रुपमा गणना हुने गरेको छैन् । त्यसपछि मे महिनामा अमेरिकाबाट मात्र ७ हजार २७४ जना पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा बंगलादेशबाट ३ हजार २६८ जना नागरिक मे महिनामा नेपाल आएका छन् । यसै गरी बेलायतबाट २ हजार ४५१ जना पर्यटक नेपाल आएका छन् ।
कोरोना अघि सम्म चीनबाट आउने पर्यटकको संख्या दोस्रो थियो तर कोभिड पछि भने चीनले आप्ना नागरिकलाई भ्रमण खुला नगरेका कारण चीनबाट आउने नागरिकको संख्या अझै बढ्न सकेको छैन । मे महिनामा चीनबाट ३ सय ८८ जना नेपाल आएका छन् । यो संख्या कूटनीतिक नियोगमा कामा गर्ने कर्मचारी तथा नेपालमा सञ्चालित आयोजनामा काम गर्ने चिनियाँ कामदार मात्र हुन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा नेपाल आएका ५३ हजार ६०८ जना नागरिकहरु संसारभका १६९ वटा मुलुकका नागरिक हुन् । युद्धरत मुलुक युक्रेनबाट ७१ र रसियाबाट ४८८ जना नागरिक नेपाल भ्रमणमा आएका छन् । एक महिनाको अवधिमा नेपालबाट ६१ हजार ३५० जना विदेशी नागरिकले देश छाडेका छन् । मे महिनामा विभिन्न मुलुकमा रहेका ७४ हजार ६९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । यसै अवधिमा १ लाख १३ हजार ७१६ जना नेपालीले भने स्वदेश छाडेर विदेश उडेको अध्यागमन विभागले जनाएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …