
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढ्दै गएको छ । यसरी बाघको गतिविधि बढेसंगै नियन्त्रण गर्नु परेको निकुञ्जका कर्मचारी बताउँछन् । बाघको संख्या बढ्दै जानु तर बाघको चरण क्षेत्र घर साँघुरिदै गएको छ । यसैले यस्तो समस्या आएको हो ।
बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको छ। यसरी नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । निकुञ्जको कसरामा र सौराहामा दुई दुईवटा खोरमा यसरी नियन्त्रण गरि बाघ राखिएको निकुञ्जले जनाएको छ । थप यस्तै घट्ना घटेर नियन्त्रणमा लिनु पर्दा नयाँ खोर बनाउनु पर्ने निकुञ्जका कर्मचारीले बताएका छन् ।
कसरामा राखिएका दुईवटा बाघ मध्य एउटा बाँकेबाट ल्याइएको झण्डै ८ वर्षको भाले हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्ष अघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको बताइएको छ । यसैले कसरामा दुईवटा बाघ अट्नेगरी नयाँ खोर बन्दै गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताएका छन् । तत्काल यस्तो घट्ना भएर बाघ नियन्त्रणमा लिनु परे राख्ने खोर नरहेको निकुञ्जका कर्मचारीले बताएका छन् ।
चालु आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको थियो । दुई जनाको दाउन्नेको जंगलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भएको हो । यसरी बाघले आक्रमण गर्न थालेपछि साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको निकुञ्जले जनाएको छ । तीमध्ये एउटा छाडेपछि मृत्यु भएको छ । अर्को एउटालाई छाडेर अनुगमन गरिँदै आएको बताईको छ ।
बाघको संख्या बढ्दै जानु तर बाघको चरण क्षेत्र घर साँघुरिदै जानुले यस्तो समस्या बढ्दै गएको संरक्षणकर्मी बताउँछन् । सन् २०१८ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको संख्या २३५ रहेको थियो । यस वर्ष भएको बाघ गणनाको तथ्याङ्क सार्वजनिक हुने क्रममा छ ।
तस्बिर अन्नपूर्ण पोष्टको अनलाइनबाट साभार गरिएको हो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…