
तनहुँ जिल्लाको बन्दीपुरमा चितुवाले आक्रमण गर्ने क्रम बढेपछि त्रास छाएको छ । बन्दीपुर गाउँपालिका १ मा यस्तो क्रम बढेसंगै स्थानीय साँझ नपर्दै चितुवाको त्रासले घरको ढोका थुनेर भित्रै बस्नु पर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।
साँझ परेसँगै चितुवा मानवबस्ती नजिकै देखिने क्रम बढ्ने र आक्रमण समेत गर्नथालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अअपनाउने क्रममा साँझ परेसंगै त्रासमा बस्ने गरेको बताएका छन् । यसैले सुरक्षा सतर्कता अपनाउन साँझ ७ बजेपछि नै सर्तक रहने र घरबाहिर निस्कन छाडेका छन् ।
चितुवाको त्रासले रातमा शौच गर्न बाहिर जान पनि डर हुने गरेको स्थानीयले बताएका छन् । गाउँमा घर भित्रै शौचालय नहुने भएकोले रातमा शौच गर्न बाहिर जानु पर्ने हुन्छ । त्यस्तो अवस्थामा छटपटी हुने गरेको स्थानीय सरस्वती सारुले सुनाइन् । एक सातामा उक्त क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । पाँच वर्षीय सुप्रिम बागालेको मृत्यु भएको हो ।
आक्रमणबाट आठ वर्षीय रियाना थापा, ३४ वर्षीय मिलाल बरायाञ्जा र एक महिलाको पनि घाइते भएकी छन् । यसरी चितुवाले आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन स्थानीय छपेली सामुदायिक वनमा तीन वटा खोर राखेर पासो थापिएको बन्दीपुर १ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठले बताए । तनहुँ जिल्लामा हालसम्म चितुवाको आक्रमढाबाट १२ जना बालबालिकाको ज्यान गइसकेको छ ।
चितुवाले मान्छेलाई आक्रमण गर्ने मात्र होइन चौपाया पनि मार्ने र खाने गरेको स्थानीयले बताएका छन् । यसरी चितुवाको आक्रमण बढ्दै गएपछि चितुवा देखिएमा तत्काल खजर गर्न स्थानीय बासिन्दालाई डिभिजन वन कार्यालय तनहुँले आनुरोध गरेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…