
माटो जोगाऔं अभियानमा युवा विद्यार्थी लागेका छन् । पोखराका विद्यार्थीले माटो जोगाउन अभियान सुरु गरेका हुन् । युवा विद्यार्थीले माटो जोगाउन सरकारी नीति निर्माण गर्न भन्दै प्रधानमन्त्री शेरबहादुरलाई पत्र पनि लेखेका छन् । करिब ३० विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले विश्वव्यापी माटो जोगाऔं ९कबखभ कयष्०ि अभियान अन्तर्गत माटो जोगाऔं सचेतना कार्यक्रम सहित लेखिएको पत्र संकलन गरिएको छ ।
विद्यालय बाहेक बिभिन्न माटो जोगाऔं सचेतना कार्यक्रमहरु पनि आयोजना भैरहेका छन् । विश्व वातावरण दिवसको अवसरमा पोखरा परिक्रमा गरि साइकल र्याली गरिएको थियो । कार्यक्रमलाई साइक्लिंग क्लब अफ पोखराका सदस्यहरुले सहभागी भई यस अभियानलाइ समर्थन गरेका थिए । असार १७ गते वन क्याम्पसले सभागृह चोक देखि चिप्लेढुंगा सम्म सचेतना पैदलयात्रा सम्पन्न गरेको थियो ।

पोखरा सहित काठमाडौँ, चितवन, वीरगंज, हेटौडा, इटहरी, धरान, कैलाली, फिदिम तथा अरु स्थानहरुमा पनि माटो जोगाऔं सचेतना कार्यक्रमहरु तथा अनुरोध पत्रहरु संकलन हुँदैछन । माटो जोगाऔं स्वयंसेवकहरुका अनुसार यो अभियानद्वारा अधिकतम पत्रहरु संकलन गरि प्रधानमन्त्रीलाई बुझाइने छ ।
किसान नवीन पुन मगरले माटो जोगाऔँ अभियानलाई नेपालभर लैजान ३५०० किलोमिटर दौडिदैछन् । उनको योजना ६० देखि ७० दिन भित्र पूर्व मेची देखी पश्चिम महाकाली सम्म जनचेतनामूलक तथा सामुदायिक चेतनामूलक कार्यक्रम गर्नु हो । जेठ ३० गतदेखि पुनले काठमाडौँबाट यात्रा सुरु गरिसकेका छन् । १५०० किलोमीटर भन्दा बढिको दौड पुरा गर्दै श्रावण ६ गते पोखरा आइपुगी प्रमुख माटो जोगाऔं सचेतना कार्यक्रम आयोजना हुने माटो जोगाउँ अभियानका स्वयंसेवक राम गुरुङले बताए ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…