
वन्वयन्तुको घर वनको अतिक्रमण बढ्दो क्रममा छ । यसको प्रत्यक्ष असर वन्यजन्तु संरक्षणमा देखिएको छ । देशको महत्वपूर्ण राष्ट्रिय निकुञ्ज मध्येको एक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पनि यो समस्या चुनौतीको रुपमा देखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण र चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मुत्यृ भएको निकुञ्जले जनाएको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन १ गते देखि २०७९ असार ३२ सम्म ३७ वटा गैडाको मृत्यु भएको छ । जसमध्ये ३३ वटा प्राकृतिक कारण, दुई वटा चोरी सिकारी, एउटा खाडलमा परेर तथा एउटा गैंडाको मृत्युको कारण नखुलेको निकुञ्जले जनाएको छ ।
सबैभन्दा धेरै चित्तल प्रजातिका जनावरको मत्यृ भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानाकारी दिएका छन् । गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको छ । मृत्यु भएका चित्तलमध्ये कुकुरको आक्रमणबाट सबैभन्दा धेरै ५२ र प्राकृतिक कारणबाट १५ वटा मरेका छन् । यसै गरी तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको बताइएको छ । त्यस्तै गत वर्ष अर्ना, जरायो र बँदेल १०÷१० वटा मरेका छन् । यसै गरी दशवटा अर्ना, सातवटा जरायो र ८ वटा बँदेल प्राकृतिक कारणबाट मरेको निकुञ्जले जनाएको छ ।
यस्तै गरी एक एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घट्ना तथा एउटा जरायो कुकुरको टोकाइबाट मरेका थियो भने एउटा बँदेलको मृत्युको कारण नखुलेको निकुञ्जले जनाएको छ । सोही वर्षमा ६ वटा बाघ, ५ वटा रतुवा, ५ वटा लगुना, ४ वटा घडियाल गोही, ३ वटा भुँडीफोर गरुड, तीनवटा निर बिरालो तथा तीनवटा मगर गोहीको मृत्यु भएको हो । अधिकांश जनावरको प्राकृतिक कारणबाट मृत्यु भएको निकुञ्ले जनाएको छ । केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको पनि जनाइएको छ । यसरी मर्नेमा हात्ती, सर्प, अजिङ्गर, निलगाई, चखेवा तथा बाँदर पनि रहेका छन् । यसै गरी भालु, चितुवा, गिद्ध, मयुर, दुम्सी, पानी हाँस, गोहीरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक एक वटा मरेका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…