
पोखराको फेवातालमा पहिलो पटक कृष्ण झुला प्रदर्शन गरिएको छ । स्कोन पोखराको आयोजनामा भएको संस्कृति कार्यक्रममा प्रकृति संरक्षण र संस्कृतिको महत्त्वको बारेमा भजन कीर्तन गाइएको थियो ।
फेवाताल किनार गौरीघाटबाट सुरु भएको कृष्ण झुला डुङ्गामा सयर गरेर वाराही मन्दिर परिक्रमा गरिएको थियो । डुङ्गालाई आकर्षक रुपमा सजाएर सांस्कृतिक कृष्ण झुला निकालिएको हो । कार्यक्रममा सहभागीले प्रकृति सँगै संस्कृति र संस्कृति सँगै प्रकृति संरक्षणमा जोड दिएका छन् । पोखरामा फेवातालमा पहिलो पटक आयोजना भएको कृष्ण झुलाका दृश्य तस्बिरमा ।





तस्बिरहरू : हरिकृष्ण पहारी, लव भुजेल