
मनसुन सक्रिय हुँदा देशभर भएको घनघोर वर्षाको कारण मानवीय तथा भौतिक क्षति भएको छ । बाढी पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा क्षति पुगेको हो । स्याङ्जाको बिरुवा गाउँपालिका ६ मा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ ।
पहिरोले घर नै पुरिएपछि जोगिएर एक किलो मिटर पर गाउँले ईश्वरी लम्सालको घरमा शरण लिन पुगेका वर्ष ७१ का माधव शर्मा , निजकी श्रीमती ६७ वर्षकी हरिमाया शर्मा र स्थानीय गुईश्वरी शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घर पहिरोले पुरेपछि बालाबाल जोगिएर छिमेकी ईश्वरी लम्सालको घरमा शरण लिन गएका शर्मा दम्पती छिमेकीको घरमाथिबाट गएको पहिरोले त्यही शरण लिएकाे घर पनि पहिरोले पुरिदा ज्यान गएको हो ।
काठमाडोंको नागार्जुन ३ स्थित ट्रपिकल रेस्टुरेन्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका ६ सोही रेस्टुरेन्टमा काम गर्दै आएका मनोज विकको मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँ, दाङ, नवलपरासी पश्चिम सहितका जिल्लामा केही मानिसहरू वेपत्ता भएका छन् । देशका ठाउँ ठाउँमा पहिरो जाँदा राजमार्ग, सडकहरु अवरुद्ध भएका छन् । पुलपुलेसामा क्षति पुगेको छ ।

अबिरल वर्षाको कारण कास्कीमा जनजीवन प्रभावित भएको छ । अबिर ल वर्षाको कारण सेती नदीमा पानीको बाहब बढेपछि पोखरा १४ गोष्टी टोल स्थित सेती नदीको किनारमा बसोबास गर्ने ५ घर धुरीका २३ जना परिवार सम्पूर्ण सामाग्रीहरू सहित गोष्टी टोल विकास संस्थाको भवनमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।यसरी सुरक्षित स्थानमा राखिएकाहरूमा विष्णुमाया सुनुवारको ५ परिवार, डोल्मा शेर्पाको ७ जना परिवार, सुकदेव गुरुङको ४ जना, डावा शेर्पाको ४ जना र काजी शेर्पाको ३ जना परिवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले बताए ।
यसै गरी अबिर ल वर्षको कारण पहिरो जाँदा पोखरा ३२ डाँडागाउँ स्थित राजन विकको १ तले घरको माथिबाट पहिरो खसेर घर संगै जोडिएको भान्सा कोठा भत्किएको प्रहरीले जनाएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…