
गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको लागि संरक्षण दूत छनौट भएका छन् । किसानको साथी लाटोकोसेरो संरक्षणकालागि पहिलो पटक संरक्षण दूत छनौट गरी संरक्षण अभियान सुरु हुन लागेको हो ।
यसकालािग ६ जना ‘लाटोकोसेरो संरक्षण दूत’ छनौट भएका छन्। यस क्षेत्रमा लाटोकोसेरो संरक्षणको लागि बुढा रुखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणको लागि कृत्रिम गुँड वितरण, चोरी शिकारी नियन्त्रण गर्ने सरोकारवालाहरुको क्षमताको अभिवृद्धि कार्यको सहजीकरण गर्नका लागि संरक्षण दूतकाे छनौट गरिएको हो।
लाटोकोसेरो संरक्षणकालागि नागरिक वैज्ञानिक पनि छनाैट गरिएकाे छ । नागरिक बैज्ञानिककाे रूपमा केशव सापकोटा र बालकुमार गुरुङ तथा विद्यार्थीहरू सुदर्शन पराजुली, आयुष ढुंगाना, ज्योति शर्मा, र दीपा गुरुङले आउने एक वर्षसम्म स्वयंसेवकको रूपमा ‘लाटोकोसेरो संरक्षण दूत’ भई लाटोकोसेरो अध्ययन तथा संरक्षणमा योगदान गर्नेछन्। यसैकालागि स्याङ्जाको भैंसेगौंडा सामुदायिक होमस्टेमा दूतहरूको क्षमताको अभिवृद्धिका लागि तालिम सञ्चालन भइरहेको छ।
तालिमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका -२ का वार्ड अध्यक्ष भिमबहादुर गुरुङले सो कार्यक्रम आफ्नो वडाबाट सुरु भएकोमा खुसी व्यक्त गरे । उनले लाटोकोसेरो लगायत अन्य वन्यजन्तुजन्तुको संरक्षणमा सबै लग्नु पर्ने बताए’l ‘लाटोकोसेरो संरक्षण दूत’ केशव सापकोटाले भने, “लाटोकोसेरो संरक्षणका लागि यो तालिम निकै उपयोगी रह्यो। दूत हुन् पाउँदा औधी खुशी छु। लाटोकोसेरो संरक्षण हुने कुरामा म अब ढुक्क भए।”उनले भने ।
नागरिक वैज्ञानिकसँग मिलेर संरक्षणकाे काममा सहभागी हुन पाउँदा खुशी लागेकाे वन इन्स्ट्रकटर तथा दूत दीपा गुरुङले बताइन् । यो कार्यक्रमले विद्यार्थीको शैक्षिक विकासमा समेत योगदान पुग्ने उनले विश्वास गरिन ।
गण्डकी प्रदेशमा गरिने लाटोकोसेरो संरक्षण कार्यक्रमका लागि आर्थिक रूपमा प्रकृतिका साथीहरू तथा व्हिटली फन्ड फोर नेचरले सहयोग गरेका छन्। संरक्षण विद्, वन्यजन्तु अनुसन्धानकर्मी राजु आचार्यले हालै हरित क्षेत्रको ओस्कार मानिने ‘ह्वीट्ली’ संरक्षण पुरस्कार पाएका थिए । तीन दशक देखि लाटोकोसेरो संरक्षणमा लागेका संरक्षणा अभियान्ता राजु आचार्यले प्राप्त गरेको साेही पुरस्कारको रकमले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
उक्त कार्यक्रममा बाेल्दै पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसी राम रेग्मी यस्ता संरक्षणका काममा आफ्नो सधैँ सहयोग रहने बताए । भैसेगौंडा सामुदायिक होमस्टे तथा आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न सके प्रकृति संरक्षणको साथै स्थानीयलाई पनि फाइदा हुने उनले बताए ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…