मनसुन भित्रिय यता विपदबाट १६५ जनाको मृत्यु


     नेचर न्युज    
     श्रावण २३ गते २०८१ मा प्रकाशित


यस वर्ष विपदबाट छाेटाे समयमा ठूलाे धनजनको क्षति भएको छ । मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट एक सय ६५ जनाको मृत्यु भएको छ।

गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरूका कारण जन र धानको क्षतति भएका छन्। विपदबाट मंगलबार अपराह्न ३ बजेसम्म १६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोमबार अपराह्न ३ बजेदेखि मंगलबार अपराह्न ३ बजेसम्ममा मात्रै पनि पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। बागलुङको बडिगाड गाउँपालिका९१० मा गएको पहिरोका कारण ७ जनाको मृत्यु भएको थियो। गुल्मीको मुसिकोट नगरपालिका९१ मा गएको पहिरोले चार जनाको मृत्यु भएको हो।

प्रहरीको तथ्यांकअनुसार पहिरोबाट १२ जना घाइते र चार जना बेपत्ता थिए। बेपत्ताहरू चारै जना बागलुङकै थिए। जसमध्ये तीन वर्षीय आरूष थापाको बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। अन्यको खोजी भइरहेको छ। बाढी, पहिरो लगायतका विपद्‍मा परी जेठ यता काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५० जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६५ जनाको मृत्यु भएको हो।

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १० जनाको उद्धार गरिएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ। बाढीको कारण ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ६४ वटा घर, ९९ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७ सय ५० वटा पशु चौपाय मरेका छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।

कहाँ कति पानी पर्याे

यस वर्ष मनसुन सुरु हुनु अघि नै जल तथा माैसम विज्ञान विभागले औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेकाे थियाे । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखा, हावापानी विश्लेषण शाखामा अनुसार अहिलेसम्म ११०१ मिलिमिटर वर्षा भएको छ। देशभरका २० वटा मौसम केन्द्रहरूमा मापन भएको सञ्चित वर्षाहरूको आधारमा यो औसत मान निकालिएको हो।

अहिलेसम्म सरदर वर्षाको ६८।४ प्रतिशत पानी परेको छ । शाखाका अनुसार असार २३ गतेसम्म सरदरभन्दा कम वर्षात् भएको थियो। २३ असारपछाडि भने सरदरभन्दा बढी वर्षा भएको शाखाले जनाएकाे छ । केन्द्रगत वर्षाको विश्लेषण गर्दा भैरहवामा सरदरभन्दा बढी वर्षा भएको छ। कास्कीकाे लुम्लेमा सरदरभन्दा कम, धनकुटामा सरदरभन्दा कम, डडेलधुरामा सरदरभन्दा बढी वर्षा भएको छ।

धरानमा सरदरभन्दा बढी, जिरीमा सरदरभन्दा कम वर्षा भएको छ। दाङमा सरदरभन्दा बढी, सिमरा केन्द्रमा सरदरभन्दा कम वर्षा मापन भएको छ। जुम्लामा सरदरभन्दा कम, जोमसोममा पनि सरदरभन्दा कम वर्षा भएको छ। काठमाडौंमा सरदरभन्दा बढी, दिपायलमा सरदरभन्दा बढी, ओखलढुंगा र धनगढीमा पनि सरदरभन्दा बढी वर्षा भएको छ। पोखरामा सरदरभन्दा बढी र जनकपुरमा सरदर वर्षा मापन भएको छ।

सुर्खेतमा सरदरभन्दा कम, विराटनगर र ताप्लेजुङमा सरदरभन्दा बढी वर्षा भएको छ। नेपालगञ्जमा भने सरदरभन्दा कम वर्षा मापन भएको छ।यो गत जेठ १९ देखि साउन २३ गते परेको पानीको आधारमा विश्लेषण गरिएको छ। गत वर्षको मनसुन अवधि ९जेठ १८ देखि असोज १३ गतेसम्म० मा सरदर वर्षाको तुलनामा कम पानी परेको थियो। गत वर्ष मनसुन अवधिमा १ हजार ३०३।० मिलिमिटर वर्षा भएको थियो। यो सरदर वर्षाको ८८।५ प्रतिशत भएको शाखाले जनाएको छ। नेपालमा सरदर १ हजार ४७२।० मिलिमिटर वर्षा हुने गर्छ। यस वर्ष जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो।