
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा शुक्रबार दिउँसोको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुगेको छ । शनिबार राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकोप्टरबाट अवलोन गर्दा २ हिमताल फुटेर बाढी आएको पुष्टि भएको हो ।
अवलोकनको क्रममा दुईवटा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये ३ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई दधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिएकी छन् । ५ वटा मध्ये २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको अध्ययनका क्रममा पाइएको बताइएको छ ।
बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग पनि कटान भएको छ । कटानका कारण तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रको आवतजावत ठप्प भएको छ । बाढीपछिको अवस्थाका बारेमा थप जानकारी अध्ययन अवलोकनकालागि गएको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली फर्केपछि विस्तृत जानकारी दिने बताएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…