
सोलुको हिमाली क्षेत्रमा दुइवटा हिमताल विस्फोटको कारण अत्यधिक तापक्रम वृद्धि भएको हिमताल विफोटपछि अवलोकनमा पुगेका राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताएका छन् ।
सोलुको हिमाली क्षेत्रका दुइवटा हिमताल विस्फाट हुनु अघि चार दिनदेखि हिमाली क्षेत्रमा लगातार वर्षा भएको थियो । लगातार वर्षा हुनुको कारणले मात्र हिमताल विस्फोट हुने कुरा हुँदैन । त्यहाँको प्रकृति विनास हुने गरी कुनै काम भएको छैन् । डोजर चलाउने , वन जंगल मासेर संरचना बनाउने काम पनि भएको छैन् । तर पनि एक्कासी हिमताल फुटेर पर्यटकीय थामे बजार नै ध्वस्त भयो । विज्ञहरुले यसको मुख्य कारण नै जलवायु परिवर्तन नै रहेको दाबी गरेका छन् । जलवायु परिवर्तन हुनुमा विकसित मुलुकले गरेको जैविक इन्धन प्रयोग र त्यसले बढाएको कार्बनले निम्त्याएको विपद रहेको विज्ञहरु बताउँन् ।

दुइवटा हिमताल विस्फोट संगै एकै लहरमा रहेका बाँकी तीन वटा हिमताल कति जोखिमपूर्ण छन्् भन्ने अध्ययन अनुसन्धान गर्नुपर्ने भएको छ । बाँकी तीन हिमतालको अध्ययन गरी यस्तै विनासकारी बाढी आउनबाट बेलैमा रोक्ने उपाय खोजिहुनु पर्छ । सोलुको थामे बजार देखि ९ किलोमिटर क्षेत्रमा लहरै रहेका पाँचवटा हिमताल मध्ये दुइवटा हिमताल विस्फोट भएर बस्ती नै ध्यवस्त पारेको हो ।
घटना दिउँसो भएको हुनाले कहालीलाग्लो मानवीय क्षति हुनबाट भने जोगिएको छ । सोलुका बस्ती, कृषि भूमि जोगाउन सरकारले तत्कालै यस्तो घटना नदोहोरिने गरी अनुसन्धान गरी विस्फोटहुनबाट रोक्ने गरी हिमताल संरक्षणको काम गर्नु पर्ने छ । सोलु क्षेत्रका बस्ती संरक्षणकालागि सरकारले तत्कालै विज्ञहरुको साथ सहयोग लिएर अन्तर्राष्ट्रि निकाय संग ग्लोवल वामिङको क्षतिपूर्ति उपलब्ध गराउने गरी पहल गर्नु पर्ने छ । विदेशीको भर परेर बस्नु भन्दा यस अघि नै सरकारले बस्ती संरक्षणकालागि आवश्यक काम कारवाही अगाडी बढाउनु पर्ने छ ।




पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…