पोखरा महानगर स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट


     नेचर न्युज    
     फागुन २ गते २०८१ मा प्रकाशित


पोखरा : पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट बन्न सफल भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन मूल्यांकनमा पोखरा उत्कृष्ट बन्न सफल भएको हो ।

पोखरा महानगरपालिकाले ९३।५ प्रतिशत अंक सहित पहिलो भएको हो । काठमाडौं महानगरपालिका ८२। ७५ प्रतिशत अंक सहित दोस्रो स्थानमा छ । महानगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण कर्मचारीको प्रयासले सफलता हासिल गरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् । उनले कर्मचारी, नागरिक र सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन् । कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको सेवा प्रवाह, पारदर्शिता, दिगोपन कार्यहरुका आधारमा मूल्यांकन गरिएको थियो ।