
सरकारले ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने योजना पुन ल्याएको छ । वातावरण विद्धहरुले यसको बिरोध गर्दै आएका छन् । तर अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वातावरणीय प्राभाव मूल्यांकन तथा अध्ययन गरी नदीजन्य र खानीजन्य वस्तुको उत्पादन गरी उपयोग र निर्यात गर्ने घोषण गरेका छन् ।
सरकारले प्राकृतिक तथा खानीजन्य वस्तुको व्यवसायिक उत्पादन र बजारीकरणमा निजी क्षेत्रलाई सहभागी गराइने बताइएको छ । वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन् र प्रशोधन गरी आन्तरिक उपयोग र निर्यात गर्ने व्यवस्था मिलाइने पनि अर्थमन्त्री पौडेलले बताए ।
नेपाली वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिइने भन्दै गिट्टी, ढुंगा र बालुवा निर्यात गरिने बताइएको छ । यस अघि पनि क्रसर निर्यातको योजना ल्याइएको थियो । यस योजनाको पहिले नै तीव्र आलोचना भए पनि पुन सरकारले यस योजना ल्याएको हो । सरकारले आयस्रोत बढाउने उद्देश्यले नेपालका ढुंगा, गिटी, बालुवा उत्खनन् गरी भारत निर्यात गर्ने योजना ल्याएको जनाएको छ । क्रसरको व्यापार अनौपचारिक रुपमा भइरहेको र अब करको दायरामा ल्यायन लागिएको पनि बताइएको छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…