
पोखराको हेमजाको गौरीशंकर माध्यामिक विद्यालयमा गठन गरिएको लाटोकोसेरो क्लबले वातालरणीय संरक्षण चेतना फैलाउने अभियान सुरु गरेको छ । विद्यालयमा आयोजित विशेष कार्यक्रममार्फत क्लबले वृक्षारोपण, चित्रकला प्रदर्शनी र सचेतनामूलक गतिविधिहरू सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै क्लबकी अध्यक्ष संजिला सेन्चुरीले युवाहरूले वातावरणीय संकटलाई बुझ्न र समाधानमा नेतृत्व लिनुपर्नेमा जोड दिइन् । हाम्रो सानो प्रयासले पृथ्वीको संरक्षण सम्भव रहेको पनि उनले सुनाइन् ।

”‘प्रकृतिका साथीहरू’ संस्थाबाट सहभागी लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले वातावरण दिवसको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै वृक्षारोपणको दीर्घकालीन लाभबारे जानकरी दिएका थिए । “वृक्षारोपणले केवल हरियाली बढाउँदैन, यसले मानिसको सोच, समाज र भविष्य पनि हरियो बनाउँछ,” उनले भने।
विद्यालयका प्रधानाध्यापक तथा क्लब संरक्षक अमर बहादुर कुँवरले यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक रूपमा सिक्न सहयोग पुग्ने बताए।“कक्षा बाहिर सिकाइको यस्तो अवसर अत्यन्त उपयोगी छ,” उनले उल्लेख गरे। कार्यक्रममा विद्यालय परिसरमा कल्की, कपुर, अशोका, धुपी, पारिजात, हिबिस्कस, वीरेन्द्र फूलजस्ता करिब ५० बिरुवा रोपिएको बताइएको छ ।
विद्यार्थीहरूले पानीको संरक्षण, प्लास्टिकमुक्त समाज, जैविक विविधता जस्ता विषय समेटिएको चित्रकला तयार पारेर प्रतियोगिताको आयोजना गरे। कार्यक्रममा सचेतनामूलक पम्प्लेटहरू पनि टाँसिएका थिए । कार्यक्रमको समापनमा सबै सहभागीले “स्वस्थ वातावरण, सुरक्षित भविष्य” नारासहित वृक्षारोपण स्थलको सफाइ समेत गरे।

क्लबका संरक्षक रुद्र प्रसाद देवकोटाले यस्ता कार्यक्रम नियमित हुनुपर्ने आवश्यकता औँल्याए भने क्लबका सचिव प्रतिक विकले आगामी तीन महिनाका लागि विभिन्न शैक्षिक तथा चेतनामूलक कार्यक्रमको तालिका तयार भइसकेको जानकारी दिए।“यस्ता गतिविधिबाट विद्यार्थीमा नेतृत्व, सिर्जनात्मकता र संरक्षणप्रतिको समझदारी बढ्छ,” उनले भने। कार्यक्रम ‘प्रकृतिका साथीहरू’ संस्थाको सहकार्यमा सम्पन्न भएको थियो।
सो कार्यक्रम व्हिटली फन्ड फर नेचरको सहयोगमा संचालन भइरहेको छ । हेमजाको हेमजा बोर्डिङ स्कुलमा पनि लाटोकोसेरो क्लब सक्रिय छ ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…