
पोखरा : कोरोना भाइरस सङ्क्रमण दर उच्च बन्दै गएपछि राजधानी लगायत विभिन्न सहरका अस्पतालमा उपचार गरिरहेका बिरामीकालागि अक्सिजन अभाव हुँदै गएको छ।
उपचारका क्रममा अक्सिजन चाहिने बिरामी अक्सिजनको अभावमा छटपटाउनु पर्ने र मृत्यु समेत हुने अवस्था आएपछि सरकारले उद्योग तथा विकास निर्माण कम्पनीहरूलाई अक्सिजन सिलिन्डरहरू सप्लार्यसलाई बुझाउन निर्देशन दिएको छ ।
यसै बिच जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न उद्योगबाट शुक्रवार र शनिवार सङ्कलन गरेका १ सय ८७ थान अक्सिजन ग्यासका सिलिन्डर पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरेको छ।
कोरोना सङ्क्रमण दर कम भएपछि अक्सिजन सिलिन्डर ग्यास सम्बन्धित उद्योगलाई नै हस्तान्तरण गर्ने गरी मेटल उद्योग, इन्जिनियरिङ, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत अक्सिजन सिलिन्डर उपयोग हुने उद्योगबाट सिलिन्डर सङ्कलन गरिएको हो । सिलिन्डर ग्यास कम्पनीले कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेका अस्पतालमा सिलिन्डर उपलब्ध गराउने छ।
अक्सिजनको अभावले कोरोना सङ्क्रमित बिरामीको अकालमै ज्यान जाने अवस्था नआओस् भन्ने उद्देश्यले बेलैमा सचेत भएर पूर्व तयारी अनुरूप अक्सिजन सिलिन्डर संकलन गरेर ग्यास कम्पनीहरूलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवन कुमार श्रेष्ठले बताए।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…