
कुनै समय यो चौतारो
मन्दिर थियो, मैदान थियो
प्रतीक्षालाय थियो, प्रेक्षालय थियो।
यहाँ हरेक बिहान
पूजा अर्चना गर्नेका भीड हुन्थे,
हरेक दिन बाल्यकालको स्मृतिमा
बुढेसकालका गफहरु चलिरहन्थे,
हरेक साँझ केटाकेटीहरु
लुकामारी खेलिरहन्थे,
हरेक रात चराहरु
आश्रय लिइरहन्थे।
बटुवाहरु यहि बाटो हिँड्थे,
भरियाहरु यहिँ भारी बिसाउँथे,
परदेशिएका प्रेमीहरु यसैलाई
देउराली सम्झेर
फर्की आउने वाचा गर्थे।
तर आज समय उस्तै रहेन।
श्रद्दालु भक्तजनहरु एक लाइक गरेर
फेसबुकमै भगवानको दर्शन गर्न थालेका छन्
केटाकेटीहरु बिस्तारा मै सुतेर
बम र बारुदका खेलहरु खेल्न
थालेका छन्,
आज बटुवाले पनि बाटो बिर्सिसके,
ती अमर प्रेमिका वाचा पनि
धेरै बाँच्न सकेनन्।
त्यसैले होला सायद
आजभोलि कताकता सुन्दैछु
यहाँ अब छिट्टै नगरपालिकाले
डोजर लगाउँदै छ रे।
(सन्देश बौद्धिक सार्वजनिक पुस्तकालयका उपाध्यक्ष हुन् l उनी प्रकृतिको भ्रमण गर्न रुचि राख्छन्)




२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…