
कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज भएकी छन् । कोरोना संक्रमण भएर २१ दिनअघि पूर्वरानी शाह नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार गराइरहेकी थिइन् ।
अपरान्ह ४ बजे शाहलाई अस्पतालले डिस्चार्ज दिएको हो। उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि सँगै घर फर्केको उपचारमा संलग्न डा. जेपी जैसवालले बताएका छन् । कोरोना संक्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नै अस्पताल भर्ना भएका थिए। पूर्वराजा भने वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए।
पूर्वरानी कोमल शाहकाे अस्पताल भर्ना भएदेखिनै स्वास्थ्य अवस्था बिग्रिन थालेको थियो। शाहलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो। अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो। पछिल्ला केही दिनदेखि स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज दिएकाे हाे ।
भारतको हरिद्वारमा भएकाे कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा-रानीलाई कोरोना संक्रमण देखिएको थियो।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…