
काठमाडौँ — चीनको चुरोङ रोभरले मंगल ग्रहमा सफल अवतरण गरेको छ । याे सफलता सगैअमेरिकापछि मंगल ग्रहको सतहमा रोभर अवतरण गराउने चीन दोस्रो मुलुक बनेको छ ।
करिब सात महिनाको अन्तरिक्ष यात्रापछि उक्त रोभर मंगल ग्रह पुगेको हाे । मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर शुक्रबार चुरोङ रोभर मंगल ग्रहको सतहरमा सफलतापूर्वक अवतरण गरेर नयाँ इतिहास कायम राख्न सफल भएको छ । चिनियाँ भाषामा चुरोङको अर्थ पौराणिक अग्नि र युद्धको देवताको रुप हो ।
सन् २०२०को जुलाईमा चीनले मंगल ग्रह तियान्वेन-१ मिसन सञ्चालन गरेको थियो । चीनको यो सफलतालाई अन्तरिक्ष खोजमा ठूलो सफलताको रुपमा लिइएको छ ।
चीनले तियान्वेन मिसनबारे थोरै जानकारी मात्र सार्वजनिक गरेको छ । तर यो रोभरले मंगल ग्रहको सतहको नक्सांकन र त्यहाँ जीवको अस्तित्वको खोज गर्नेछ । तियान्वेन-१ यानमा एउटा अर्बिटर,ल्यान्डर र रोभर छ ।
चीनको नेसनल स्पेस एड्मिनिस्ट्रेसले शुक्रबार एक विज्ञप्ति मार्फत तियान्वेन-१ले अवस्था सामान्य रुपमा रहेको र काम गरिरहेको जनाएको थियो । अघिल्लो वर्ष प्रक्षेपण भएपछि तियान्वेन-१ले धेरै मात्रामा वैज्ञानिक तथ्यांक संकलन गरिरहेको चीनले जनाएको छ ।
पृथ्वीबाट मंगलग्रहसम्मको दुरी ३२ करोड किलोमिटर छ । यस हिसाबले चु रोङ्ग रोभरले मंगल ग्रहबाट पृथ्वीसम्म आफ्नो सन्देश पठाउन १८ मिनेटको समय लगाउने बीबीसीको समाचारमा उल्लेख छ ।
अन्तरिक्ष विज्ञानमा अमेरिकाको ऐतिहासिक उपलब्धि छ । मंगल ग्रहमा सफलता हासिल गरेसँगै अब चीनले अमेरिकालाई चुनौती दिएको बीबीसीले जनाएको छ ।
हालै चीनले विश्वको पहिलो क्वान्टम उपग्रहलाई चन्द्रमामा अवतरण गराएको थियो । त्यहाँबाट केही नमूना संकलन गर्न पनि चीन सफल भएको थियो । चीनले आफ्नै अन्तरीक्ष स्टेशनसमेत बनाइरहेको छ ।
यदि चु रोङ्ग अन्तरिक्ष रोबोटले मंगल ग्रहबाट सूचना संकलन र तस्वीर पठाउन सक्यो भने यो सफलता हासिल गर्ने चीन अमेरिकापछिकै दोस्रो देश बन्ने छ । रुसले पनि सन् १९७१ मा मंगल ग्रहमा अन्तरिक्ष रोबोट पठाएको थियो तर सिग्नल टुटेपछि त्यहाँबाट कुनै पनि सूचना हासिल भएको थिएन ।
मंगल ग्रहलाई अप्ठ्यारो र चुनौतीपूर्ण पर्यावरणका लागि पनि चिनिन्छ । यहाँ धूलोयुक्त आँधी निकै शक्तिशाली हुन्छ । कुनै पनि अन्तरिक्ष मिसनका लागि यही नै सबैभन्दा ठूलो चुनौती हुने बीबीसीले जनाएको छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…