
पाेखरा : कास्की कांग्रेसले कोरोना संक्रमितलाई लक्षित गर्दै शनिबार देखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको अवस्थामा नेपाली कांग्रेस कास्कीले निःशुल्क रुपमा एम्बुलेन्स सेवा सुरु गरेको हो।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीका सबै इकाइलाई समस्यामा परेकाहरुलाई अस्पतालसम्म ल्याउनका लागि आवश्यक समन्वय गर्न निर्देशन समेत दिएका छन्।
‘संक्रमितका लागि नै एम्बुलेन्स सेवा हो, सभापति केसीले भने, समस्यामा परेकाको सहयोगमा जुट्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु।’
पोखराको चाउथेबाट शनिवार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिएका छन्। नेपाली कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई वटा फोर्स गाडी उपलब्ध गराएकी हुन्। हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलकी प्रबन्ध निर्देशक समेत रहेकी थापाले गाडीको चावि नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गरिन्। शुभारम्भमा कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाट, प्रवक्ता नवीन सिग्देल र नेपाली कांग्रेस क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला र समाजसेवी ध्रुव थापाको उपस्थिति रहेको थियो।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…