
एक महिना ढिलागरी हिउँदे वर्षा
कृष्णमणि बराल
पोखरामा यस वर्ष गत वर्षको तुलनामा एक महिना ढिलागरी हिउँदे वर्षा भयो । यहाँ पानी परे संगै हिमाली क्षेत्रमा पनि एक महिना ढिलागरी हिउँ पर्याे । गत वर्ष पुस महिनाको पहिलो साता नै पोखरामा पानी र हिमाली क्षेत्रमा हिउँ परेको थियो । यस वर्ष पानी र हिउँकालागी माघको २३ गते सम्म पर्खनु पर्याे । लामो समय पानी नपर्दा हिमाली क्षेत्रमा सुख्खा बढ्यो । पानी आइरहने खोला सुके ।
माघको पहिलो साता कास्कीको ताङतिङ, क्रपु, क्होलासोथर, कोरी, हुगु क्षेत्रमा नयाँ पदयात्रा मार्गको खोजीमा गएको टोलीले पहिलो रात ३१ सय मिटर उचाइकाे चम्रोमा नै पानी पाएनन् । नियमित आउने पानीको स्रोत सुकेपछि पोखरीको पानी खानु परेको टान पोखराका अध्यक्ष सुशीलराज पौेडेलले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ पदयात्रा मार्गको खोजीमा टानको नेतृत्वमा गएको टोलीले पदयात्राको पाँचौं दिन पनि उस्तै समस्या भोग्यो ।
अन्नपूर्ण संरक्षण क्षेत्रको समुन्दी सतह देखि ३८ सय मिटर उचाइकाे कोरी डाँडामा पुग्दा त्यहाँ नियमीत बग्ने मूल र खोला उसै गरि सुकेका थिए । चम्रोमा जस्तो पोखरी नभएकोले कोरीमा यात्रामा सहभागी २० जनाकाे टाेलीले पानीकाे अभावमा खाना नै खान पाएनन् । पिउने पानीको पनि अभाव भएकाे थियाे । यस्तो अवस्थामा जंगली जनावरलाई पनि पानीको समस्या हुन सक्ने नयाँ पदयात्रा मार्गकाे खाेजीमा सहभागी मादी गाउँपालिका २ का वडा अध्यक्ष एकजंग गुरुङले बताए । जंगली जनावर र मानिसकालागि नियमित पानीको स्रोतकालागि यस क्षेत्रमा पोखरी बनाउनु पर्ने अवस्था रहेको अध्यक्ष गुरुङले सुनाए । यस वर्ष जस्तो पानीको अभाव कहिल्यौ नभोगेको यात्रामा संगै रहेका र ३० वर्ष यसै क्षेत्रमा भेडीगोठमा बसेका अनुभवी काइला दाईले बताए ।
लामो हिउँदे खडेरीको कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष मनाङ, म्याग्दी, कास्कीका बिभिन्न स्थानमा डढेलो लाग्यो । मनाङको ताचैमा गत मंसीर ११ गते देखि लागेको आगो गत हप्ता मात्र नियन्त्रणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी ऋषि बरालले बताए । त्यस क्षेत्रमा करिव ७ हेक्टर क्षेत्रमा आगो लागेको बताइएको छ ।
मनाङको सबै ठाउँमा गरी १४ हेक्टर भन्दा बढी क्षेत्रफलमा यस हिउँदमा जंगलमा आगोलागेको उनले सुनाए । कास्की, म्याग्दी, मुस्ताङ लगायतका क्षेत्रमा समेत गरेर धेरै क्षेत्रफलमा आगोलागी भएको छ । मनाङमा सल्लो खोटोमा आगोलागेको कारण झन झन आगो फैलदै गएको थियो । खोटो पेट्रोलझै बल्ने भएकोले डढेलो धेरै फैलिएको सूचना अधिकारी बरालले बताए । वर्षकै पहिलो हिउँदे वर्षा संगै मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीका हिमाली क्षेत्रमा हिउँ परेपछि राहात मिलेको स्थानीयले बताएका छन् ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…