
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ( गण्डकी अस्पताल) मा अक्सिजन अभावले सुत्केरी सहित ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाइफ्लो अक्सिजन लगाउनुपर्ने बिरामीले अक्सिजन नपाउँदा १५ घण्टामा ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । २/३ दिन अघिदेखि हाइफ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको अस्पतालका कोभिड वार्डका फोकलपर्सन डा. शरदचन्द्र बराल बताएका छन्। यसले गर्दा अक्सिजन खपत बढी भएको बताइएको छ ।
हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा पनि थोरै कम हुनेबित्तिकै ज्यानको जोखिम हुने डा. बरालले बताए । गण्डकी प्रदेशमा सरकारीस्तरको सबैभन्दा ठूलो अस्पताल भए पनि अक्सिजन प्लान्ट नहुँदा मागअनुसार आपूर्ति हुन नसकेको र कुनै पनि बेला अक्सिजनकाे अभाव हुन सक्ने भन्दै अस्पतालका चिकित्सकले गुनोसो गर्दै आएका थिए । गण्डकी प्रदेशकै सबै भन्दा ठूलो यस अस्पतालमा अक्सिजनकाे अभावमा कसैकाे ज्यान जाने अवस्था नआओस भनेर नागरिक स्तरबाटै अस्पतालमा अक्सिजन प्लान्ट राख्न अर्थ संकलन भइरहेको थियो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित यस अस्पतालले ३ दिन अघि ओपिडी सेवा बन्द गर्दै सबै बेडमा कोरोना संक्रमितको उपचार गर्ने सूचना जारी गरिसकेको थियो । अस्पतालमा कुल ३ सय ५० बेड छन् । अस्पतालको कोरोना वार्डमा हाल ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसबाहेक इमर्जेन्सी वार्डमा दैनिक १० देखि १५ बिरामी भर्ना हुने गरेको छन्।
अस्पतालकाे आफ्नै अक्सिजन प्लान्ट नहुँदा पोखरा क्षेत्रमा सञ्चालित अक्सिजन उद्योगबाट आपूर्ति व्यवस्था मिलाइएको छ । पोखरामा निजी स्तरमा २ मात्र अक्सिजन प्लान्ट उद्योग संचालित छन् । पोखरा अक्सिजन ग्यास प्रालिले प्रतिघण्टा ३० सिलिन्डर र कालिगण्डकीले प्रतिघण्टा २० सिलिन्डर अक्सिजन उत्पादन गर्ने कम्पनीले बताएका छन् । यसरी दिनमा १५ सयभन्दा बढी सिलिण्डर भर्न सक्दैनन् । यही सिलिण्डरले नै यस क्षेत्रका निजी, सरकारी तथा सामुदायिक अस्पतालमा कोरोनासहित अन्य प्रकृतिका बिरामीलाई धान्दै आएको छ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…