
काठमाडौं । देशभर प्लाष्टिक प्रदूषण बढीरहेकाे छ । देशका प्रमुख सहरका नदी,खाेला, ताल र सहर बजार पनि प्लाष्टि प्रदूषणकाे चपेटामा पर्दै गएकाछन् । प्लाष्टिक प्रदूषण बढीरहेकाे अवस्थामा सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ । सरकारकाे याे घाेषणाले प्लाष्टिक प्रदूषण नियन्त्रणमा महत्वपूर्ण हुने वातावरण संरक्षणकाे क्षेत्रमा काम गरेका संरक्षणकर्मीले बताएका छन् । घाेषणा संगै सरकारले कार्यान्वयनमा पनि जाेड दिएर अघि बढ्नु पर्ने बताएका छन् । पाेखरा महानगरपालिकामा यस अघि नै ४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झाेला प्रतिवन्धमा लगाउने घाेषणा गरे पनि कार्यान्वयन हुन नस्कदा यहाँका ताल, खाेला, नदी प्लाष्टिक प्रदूषणकाे चपेटामा परेका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा लाग्ने खर्च पुँजीगत अनुदान दिने घोषणा गरेकाेले पनि कार्यान्वयन हुने विश्वास संरक्षणकर्मीकाे छ । यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएपनि कार्यान्वयन हुन सकेको थिएन ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…