
फ्रान्समा शंखेकीराको र्याल सङ्कलन गरी साबुन बनाएर बिक्री गर्न थालिएको छ। फ्रान्सको एक उत्पादक कम्पनीले सौन्दर्य प्रशोधनको बजारमा सफलता पाउने विश्वासमा शंखेकीराको साबुन बनाएर बिक्री गर्न थालेको होl
शंखेकीराको र्यालमा औषधीय गुण हुने विश्वास गरिएको छl साबुन बनाउँदा शंखेकीरालाई कुनै किसिमको हानी नपुर्याई बनाइने ती व्यापारीको भनाइ छ। फ्रान्सका वाहग्नीका २८ वर्षीय द्यामियाँ देरोशेले शंखेकीरा प्रयोग गरेर साबुन बनाउँछन्।
फ्रान्समा यसरी साबुन बनाउने उनी तेस्रो व्यक्ती हुन्। उनले साबुन बनाउनकै लागि ६० हजार शंखेकीरा पालेका छन् । शंखेकीराबाट र्याल सङ्कलन गरेर उनले साबुन बनाउँछन् । शंखेकीरालाई काउकुती लगाएर र्याल सङ्कलन गरिने उनी बताउँछन्। र्यालबाट साबुन बनाउन कम तापक्रममा तताइन्छ । पश्चिमा समाजमा यो नौलो भए पनि शंखेकीराको र्याल कोरियाली सौन्दर्य सामाग्रीमा प्राय प्रयोग हुदैं आएको छ।
शंखेकीराको र्यालमा उमेर बढ्न नदिने गुण समेत भएको दाबी गरिन्छ। यसको अर्को चाखलाग्दो कुरा भनेको यसमा घाउ निको पार्ने गुण पनि भएको दाबी गरिन्छ। शंखेकीराले र्याल प्रयोग गरेर आफ्नो बिग्रेको खपटो बनाउँछ। त्यसै कारणले हाम्रो छालामा लगाउँदा पनि घाउ पुर्न सघाउने देरोशेको दाबी छ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …