गण्डकी प्रदेश सरकारले जैविक विविधताको अभिलेखीकरण गर्ने


     नेचर न्युज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेश सरकारले प्रदेशको तल्लो तटीय क्षेत्र देखि हिमाली क्षेत्र सम्म फैलिएका जैविक विविधता (प्रजाति परिस्थितिकीय प्रणाली र अनुवांशिक) को अभिलेखीकरणको लागि बायोडाइभर्सिटी प्रोफाइल तयार गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यस्तो कार्यक्रम रहेको सुनाएकी छन् । गण्डकी प्रदेश सरकारले नारायणी नदीमा बिच पार्क बनाउने भएको छ । प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । भद्रपुर, सीमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाई सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने जनाइएको छ ।

धौलागिरि संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने प्रदेश सरकारकाे नीति रहेकाे छ । बिदा पर्यटन कार्यक्रले निरन्तरता पाउने भएको छ । नवलपुर, तनहुँ र कास्कीमा एकएक वनपैदावर आधारित उद्योग निर्माण गरिने कार्यक्रम छ ।

जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने नीति प्रदेश सरकारले लिएको छ । मुस्ताङ, मनाङ र उत्तरी गोरखामा वृक्षारोपणलाई निरन्तरता दिइने जनाइएको छ । मुस्ताङमा कस्तुरी संरक्षणका लागि केन्द्र स्थापना गरिने भएको छ ।