
द आर्ट अफ लिभिङ नेपालले पोखराको लेखनाथमा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई दश लिटरको पाँच वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना सङ्क्रमितको उपचार तथा जीवन रक्षाकालागि अक्सिजन आफै उत्पादन गर्ने कन्सन्ट्रेटर मेसिन सहित स्वास्थ्य सामाग्री सहयोग गरेकाे आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख नरेश भट्टराईले बताए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख नरेश भट्टराईले सङ्क्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे। आर्ट अफ लिभिङले १३ लाखको रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा आर्ट अफ लिभिङ कास्की संयोजक विश्वमोहन अधिकारी, नेपाल हेल्थ कोप्सका निर्देशक डा प्रदिश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सबैको सहयोग र सहकार्यमा कोरोनालाई परास्त गर्न सक्ने भन्दै आर्ट अफ लिभिङलाई धन्यवाद दिएको थिए । सङ्क्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले कोरोना संक्रमितकालागि अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर जीवन रक्षा गर्न निकै आवश्यक र महत्वपूर्ण स्वास्थ्य सामाग्री भएको बताए । यस अघि पाेखरा पर्यटन परिषदबाट प्राप्त भएका अक्सिजन कन्सन्ट्रेटर मेसिन निकै उपयाेगी भएकाे बताउँदै यसबाट उपचारमा थप सहयाेग मिल्ने उनले बताए ।
द अर्ट अफ लिभिङ नेपाल गण्डकी प्रदेशका प्रमुख नरेश भट्टराई र कास्की संयोजक विश्वमोहन अधिकारीले आर्ट अफ लिभिङका देशै भरका स्वंसेवीहरुको आर्थिक सहयोगमा यो सम्भव भएको बताउँदै कोरोना सङ्क्रमण सँग लड्न द आर्ट अफ लिभिङ नेपालले आवश्यकता अनुसार थप स्वास्थ्य सामाग्री सहयाेग गर्ने पनि बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…