
कालीगण्डकी नदीमाथि एकोहोरो दोहन हुने क्रम नरोकिएपछि नदी र यहाँको सभ्यता बचाउ अभियानमा युवा जुट्न थालेका छन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्ला लगायत क्षेत्रमा कालीगण्डकी नदीकाे चौतर्फी दोहन हुनथालेपछी युवाहरू सामाजिक सञ्जाल मार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेका हुन्।
मानव सभ्यता नदी किनारबाट भएको हो। यिनै मानव र जैविक विविधताको अस्तित्व सँग गाँसिएका नदी, खोलाबाट गिटी,ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था सृजना भएको काली गण्डकी सभ्यता बचाउ अभियानका अभियन्ता आरके अदिप्त गिरीले बताए। नदी सभ्यता र जैविक विविधता मास्ने गरी नदीमै डोजर चलाएर अवैध रूपमा ढुङ्गा, गिटी, बालुवा उत्खनन हुने क्रम बढ्दै गएकोले काली गण्डकीको सभ्यता जोगाउन यो अभियान चलाईएको प्रकृतिक सुन्दरता र वातारणका विषयमा कलम चलाउँदै आएका पत्रकार गिरीले बताएका छन्।

नदीमा अवैध रूपमा उत्खनन गर्ने कार्य रोक्न र काली गण्डकी सभ्यता बचाउन सबै जुट्न युवाहरूले आव्हान गरेका छन्। अभियन्ताहरुले सरकारले नदी ठेक्कामा दिएर सभ्यता मास्न लागेको बताएका छन्। गण्डकी प्रदेशको नाम सँग जोडिएको काली गण्डकी र यहाँको सभ्यता जोगाउन स्थानीय, प्रदेश र सङ्घ सरकारले ध्यान दिनु पर्ने युवाहरुकाे माग छ । जनप्रतिनिधिहरू नै नदी दोहन कार्यमा अप्रत्यक्ष रुपमा संलग्न हुनु, स्थानीय, प्रदेश र सङ्घ कुनै सरकारले पनि अवैध रूपमा उत्खनन भएका क्षेत्रको अनुगमन नगर्नु थप चिन्ताको विषय भएको युवाहरूले बताएका छन्।
गण्डकी प्रदेश सरकारको २०७८/०७९ को नीति तथा कार्यक्रममा वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा गिट्टी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने नीति लिएको छ। ठेक्कामा दिएका नदीबाट तोकिएका मापदण्ड भन्दा बाहिर गएर काम भए नभएको अनुगमन नै नहुनु नै सबैभन्दा चिन्ताको विषय भएको विज्ञ बताउँछन्। नदीबाट गिटी, ढुङ्गा, बालुवा अधिक दोहन गर्ने तर संरक्षण क्षेत्रमा काम नै नहुनु थप चिन्ताको विषय भएको संरक्षणकर्मी बताएछन् । नदी सभ्यता, जैविक विविधताको ख्यालै नगरी एकोहोरो नदी दोहनले विनाश निम्त्याउने निश्चित छ भन्दै युवाहरू काली गण्डकी र काली गण्डकीको सभ्यता जोगाउने अभियानमा लागेका हुन्। कालीगण्डकी केबल नदी हाेइन । सभ्यता हाे, संस्कृति हाे र हाम्राे जीवन हाे । कालीगण्डकीकाे दाेहन हाम्राे सभ्यतामाथिकाे दाेहन हाे, हाम्राे सन्ततिकाे गला निमाेठ्नु हाे । यस्तै सन्देशमुलक नाराकासाथ युवाहरु संरक्षण अभियानमा जुटेका हुन् ।


(तस्बिरहरू आरके अदिप्त गिरी)



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …