
चट्टान माथि बसिरहेको चितुवालाई लाटोकोसेरोले गरेको आक्रमणलाई अनौठो रूपमा लिइएको छl भारतको राजस्थानमा घटेको घट्नामा उल्लेखित दुवै वन्यजन्तु नेपालमा पनि अभिलेख गरिएको छl
नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोहरु मध्ये हाप्सिलो (चितुवा आक्रमण गर्ने) प्रजातिको लाटोकोसेरोको मुख्य आहारा भने मुसा, भ्यागुता, छेपारो, खरायो, सर्प आदी हुन्l तर नेपालमा पाइने अन्य ठुला प्रजातिका लाटोकोसेरोहरूले दुम्सी, मृगको बच्चा, बिरालो समेत मारेको अभिलेख छl
लाटोकोसेरोले ओथारो बसेको बेला वा बच्चा हुर्काउँदै गर्दा निकै आक्रामक हुने गर्छl यही कारणले चितुवालाई आक्रमण गरेको हुन् सक्छ l चितुवाको टाउकोमा आक्रमण गरेर लाटोकोसेरो उडेको थियोl यो प्रसङ्गलाई राजस्थानबाट निस्कने पत्रिकाले राम्रो स्थान दिएको थियोl पत्रिकाले लाटोकोसेरोको गुँड नजिकै रहेको बताएको छ l सो तस्बिरहरू यदुवीर सिंहले खिचेका थिएl







पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…