हर्पन खोलाको कटानले यसरी भत्कियाे चंखपुरकाे पुल र टहरा (फाेटाे फिचर)


     नेचर न्युज    
     श्रावण ६ गते २०७८ मा प्रकाशित


फेवातालको मुख्य स्रोत हर्पन खोलाको कटानले पोखरा १८ चंखपुरको पुल र चारवटा व्यवसायिक टहरा भत्किएकाे छ । खाेलाकाे कटानले बस्ती जोखिममा परेको छ । भारी वर्षाकाे कारण खोलाको बहाव बढेपछि चंखपुरको पुल भत्काउनुकाे साथै खाेला बस्तीतर्फ सोझिएको हो। 

पुल भत्किएपछि फेवा सिमसार नजिकैका वडा नम्बर १८,२२ र २३ जान स्थानीयकालागी समस्या परेकाे छ । पुल भत्केका कारण ताल किनारकाे पुम्दी तर्फ जान डेढ घण्टा बढी समय लाग्ने गरेकाे पाेखरा २२ की सरस्वती परियारले बताइन् । यसरी मुहानबाट हर्पन खाेलाले कमेराे, माटाे, गेगर र पहिराे बाेकेर तालमा वर्षेनी थुपार्दै आएकाे छ । तालको गहिराई र क्षेत्रफल वर्षेनी घटदो छ ।

भत्कनु अघिकाे चंखपुरकाे हर्पन खाेलामा रहेकाे फलामकाे पुल । याे पुल सेल्फी पुलकाे नामले पनि परिचित छ ।
हर्पना खाेलाकाे कटानले भत्केपछिकाे चंखपुरको फलामे पुल र बगएर लगेकाे पहिले टहरा रहेकाे क्षेत्र ।
भत्कनु अघिकाे चंखपुरको फलामे पुल र व्यवसायिक भवन ।