
वाग्मती प्रदेश सरकारले कार्यान्वनमा ल्याएको युवा वैज्ञानिक नवप्रवद्र्धन परियोजनामा युवाको आकर्षण वृद्धि भएको छ। यसका लागि सामाजिक विकास मन्त्रालयले ‘युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना र सञ्चालन कार्यविधि, २०७५’ जारी गरेको थियो । परियोजनाअन्तर्गत फरक र पृथक शैलीका पाँच विभिन्न परियोजनाले प्रारम्भिक प्रगति हासिल गरेको जनाइएको छ ।
युवा वैज्ञानिकको समुहबाट पुराना गाडीको पेट्रोलियम इञ्जिन विस्थापित गरी विद्युतीय उपकरण जडान गर्ने , दाँतको प्रत्यारोपण गर्ने, थौरै स्थानमा धेरै माछापालनको गर्ने र उच्च पहाडी क्षेत्रमा पाइने च्याउको बीउ उत्पादन गर्ने विधिलगायतका परियोजना कार्यान्वयको चरणमा छl मन्त्रालयमा पेश गरी छनोट भएका प्रस्तावित परियोजनालाई सम्पन्न गर्न अनुदान दिइने गरिन्छ । कार्यान्वयनमा रहेका सबै परियोजनाबाट प्रारम्भिक उपलब्धि हासिल भएको युवा तथा खेलकूद महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिनुभयो ।
प्रदेशभित्र कृषि, उद्योग, पर्यटन, जलवायु तथा वातावरण, जैविक विविधता, जनस्वास्थ्य, जीव प्रविधि, सूचना प्रविधि, इञ्जिनीयरिङ, यातायात, नवीकरणीय ऊर्जा, विद्युत्–सङ्ग्रह जस्ता क्षेत्रमा उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग प्रदान गरिने कोषले जनाएको छ। यसैगरी मानवीय–जीवन–पद्धतिलाई सरल तथा सहज बनाउन नयाँ ज्ञान तथा प्रविधि अनुसन्धान, विकास र व्यावसायिक उपयोग गर्न प्रतिभाशाली नवप्रवर्तक वा नवप्रवर्तक कम्पनीलाई आर्थिक सहयोग तथा वस्तुगत अनुदान उपलब्ध गराउने कोषको उद्देश्य छ ।
कोषका अध्यक्षमा सामाजिक विकासमन्त्री, सदस्य सचिवमा मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख रहने प्रावधान रहेको छ भने कोषको सदस्यमा मन्त्रालयका सचिवसहित प्रदेशमा स्थायी बसोबास भएका लब्ध प्रतिष्ठित व्यक्तिमध्येबाट एक जना महिलासहित अन्य दुई जना सदस्य मन्त्रालयले मनोनीत गरेको व्यक्ति रहने व्यवस्था छ ।
परियोजनाको हालसम्म भएको उपलब्धिबारे हालै मुख्यमन्त्री डोरमणि पौडेललेसमेत जानकारी लिनुभएको छ । युवा वैज्ञानिकको पाँच समूहले विभिन्न क्षेत्रमा खोजमूलक र प्रविधिमूलक परियोजना कार्यान्वयन गरेको छ ।
सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र राज्यमन्त्री डा रामकुमार अधिकारीले युवा वैज्ञानिकको पहिचानका लागि सरकार लागिपर्ने बताउनुभयो ।
युवा वैज्ञानिक वसन्त आलेले आफ्नो समूहले चितवन राष्ट्रिय निकुञ्जमा प्रयोग गरिने गाडीको पेट्रोलियम इन्जिन हटाइ विद्युतीय जीपमा परिणत गराउन सफलता मिल्दै गएको जानकारी दिनुभयो। वैज्ञानिक भुवन गुरुङले आफ्नो समूहले वनस्पतिमा पाइने रसायनको अनुसन्धान गरिरहेको बताउनुभयो । अर्का युवा वैज्ञानिक रोजिना थापाले माछा पाल्ने बायोफ्ङ्गल प्रविधिमा प्रयोग हुने जिवाणु एक प्रकारको ब्याक्टेरिया स्वदेशमै उत्पादन गर्न सफलता प्राप्त भएको दाबी गर्नुभयो ।
उहाँले उक्त ब्याक्टेरियाको प्रयोगबाट माछापालन गर्दा दानाको प्रयोग गर्नु नपर्ने गरी अध्ययन अगाडि बढाइएको जानकारी दिनुभयो। अत्यन्तै महँगो मूल्यमा विदेशबाट आयात गर्नुपर्ने ब्याक्टेरिया स्वदेशमै उत्पादन गर्नसके माछापालक किसानको उत्पादन लागत कम हुने उहाँले बताउनुभयो ।
यसैगरी युवा वैज्ञानिक चिकित्सक पराक्रम पराजुलीले दाँतको प्रत्यारोपण गर्ने नयाँ विधि पत्ता लगाएको दाबी गर्नुभयो । उहाँका अनुसार हाल विश्वमा दाँत प्रत्यारोपण गर्ने दुई प्रविधि मात्र रहेकामा आफूहरुले तेस्रो प्रविधि पत्ता लगाएको र यो प्रविधि अत्यन्तै सस्तो रहेको जानकारी दिनुभयो ।
यसैगरी युवा वैज्ञानिक प्रमेश पोखरेलले उच्च पहाडी क्षेत्रमा पाइने च्याउको बीउ उत्पादन गरी प्रदेशको हरेक भूभागमा उत्पादन गर्न मिल्ने गरी अनुसन्धान गरिरहेको बताउनुभयो । पाँच परियोजनालाई रु दुई करोड १० लाख २८ हजार बजेट छुट्याएकामा हालसम्म ८७ लाख २० हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले चालू आव ०७८/०७९ मा रु पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…