
वैदिककालदेखि सुरु भएको नाग पूजा शुक्रबार देशभर नागको पूजा अर्चना गरी नागपञ्चमी मनाइँएको छ । नागदह, कुण्ड, मन्दिरमा रहेका नाग, गाउँ र परिवारले बनाएका नागस्थानमा पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगाउतका परिकार प्रसादको रुपमा चढाएर नागपञ्चमी मनाइँएको हो ।
नागको पूजा अर्चना गरेपछि घरका मूलढोकामा नागको चित्र टाँसेर नागपञ्चमी मनाइँन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइँन्छ । यसरी नागपञ्चमी मनाइँउदा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुको साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसा एभने पानीको अभाव हुने मान्यता अनुसार पानीकालागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहिआएको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रापण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकोले पनि नागपञ्चमीको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो।
प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ। भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ। दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ। यसरी वैदिक सनातनकालदेखि नागपञ्चमी मनाइँदै आएको हो ।
संसारमा करिब ३५०० प्रजातिका सर्प पाइन्छ। नेपालमा ८३ प्रजाति हालसम्म पाइएका छन्। नेपालमा पाइएकामध्ये १७ प्रजाति विषालु छन्। अरु विषालु छैनन्। सर्पले मुखमा भएको विशेष खाले ग्रन्थिबाट रस निकाल्छ, जसले आहारलाई लट्ठाउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्याउँछ।
नेपालीमा नागलाई कालीनाग, नागराजा, दराद, राज गोमन भनिन्छ । यसलाई अंगेजीमा किङकोब्रा भनिन्छ । राजगोमनको वैज्ञानिक नाम अफियोफ्यस हन्नाह हो । अलाद, केंवटा, भैसै डोम जस्ता नामले पनि चिन्निछ । विषालु सर्पका सूचीमा संसारमै घातकमध्ये अग्रणीमा पर्ने यो सर्प हाम्रै वरपर बस्छ । संसारमा हालसम्म यो १९.२ फिट लामो पाइएको छ ।
राजगोमनले पनि अरु सर्पले जसरी मुसा खान्छ तर, यसको मुख्य आहारा सर्प नै हो । जसले के देखाउँछ भने यसले हाम्रो वरपरका अन्य विषालु तथा अविषालु सर्प खाएर वातावरणलाई सन्तुलन गरी अरु सर्पको संख्यालाई नियन्त्रण पनि गर्छ । यसले अरु प्रजातिका सर्पको सिकार गर्छ । गोमन, करेत, हर्योउ जस्ता विषालु सर्प खाने गरेकाले मानिसका निम्ति यो सर्प हितकर नै मानिन्छ ।
धार्मिक आस्था अनुसार यसको स्थान निकै ठूलो छ । यो सर्प भगवान् महादेवको घाँटीमा रहेको हुनाले यसलाई कालीनाग भनेर हिन्दु परापरा अनुसार नाग पञ्चमीमा पुज्ने गरिन्छ । हिन्दु र बौद्घ धर्म अनुसार राजगोमनले प्रकृति र मानवको हित गर्छ । राजगोमनको विषबाट निकै प्रभावकारी औषधीहरु बनाइन्छ । यसैले नागकाे पूजा र संरक्षण एक दिनमात्र हाेइन वर्षभरी गरौं ।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…