
सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई घर घरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई आदेश दिएको छ । केन्द्रसम्म जान नसक्ने भएकोले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई घरमै गएर कोरोना विरुद्धको खोप लगाइदिन अदालतले आदेश दिएको हो ।
अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायधीश प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि सर्वोच्चको आदेशमा वडा वडा स्तरबाट लगत संकलन गरी घर—घरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउन विपक्षीहरुको नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ ।
नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संविधानमा संरक्षण प्रदान गरेको र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको प्रचलनको लागि संवैधानिक उपचारको हकसमेत सुरक्षित गरेको पनि सर्वोच्चको आदेशमा उल्लेख छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…