
लकडाउन खुकुलोसँगै पोखरा लगायत गण्डकी प्रदेशमा जनजीवन सहज बन्दै गएको छ । खुकुलो भए सँगै पछिल्लो समयमा कोरोना सङ्क्रमण पनि बढ्दै गएको छ ।
गण्डकी प्रदेशमा गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । थप ३ सय ८० जनामा कोभिड १९ पुष्टि भएको छ ।
गण्डकीमा सक्रिय सङ्क्रमित सङ्ख्या ६ हजार १ सय ३८ जना रहेका छन् । गण्डकी प्रदेशमा १ हजार ६८ जनाको परीक्षण भएकोमा ३ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी गण्डकीमा ३ सय २१ जना कोरोनाबाट मुक्त भएका छन् भने ५ हजार ८ सय ७१ जना होमआइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।



पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले…
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…