
यस वर्षको साउने सोमबार व्रत महादेवको पूजा आराधना गरी सम्पन्न भएको छ । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित सुरु गरेको व्रत सोमबार विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन भएको छ ।
साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भइ इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्नेगर्दछन् ।
चन्द्रमासअनुसार साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरूपमा शिवजीको आराधना गर्नुपर्ने शास्त्रीयविधि रहेको छ । यसवर्ष साउनमा पाँचवटा सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विधिपूर्वक समापन भएको छ ।







प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…