
पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले पाेखरा महानगरपालिकालाई २० लाख बराबरको स्वास्थ्य सामग्री सहयाेग गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा पाेखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
उपप्रमुख गुरुङले महानगरपालिकाले १३ अन्तर्राष्ट्रिय सम्बन्धमध्ये चीनका विभिन्न ९ शहरसँग सम्बन्ध भएको जानकारी दिनुभयो । विसं २०७४ पुस २६ गते महानगरपालिका र चीनको नानिङ शहरबीच भगिनी सम्बन्ध रहेको जनाउँदै उहाँले प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नानिङ शहरका प्रमुखलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज भएपछि पोखरा भम्रणको आमन्त्रण गरिने बताउनुभयो । महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै उहाँले प्राप्त सामग्रीलाई आवश्यकताका आधारमा अस्पताललाई वितरण गर्ने जानकारी दिनुभयो ।
परिषद्का अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमूना शहर भएको जनाउँदै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत पाँच अक्सिजन कन्सन्टेटर मेसिन, मेडिकल मास्क २० हजार थान, पिपिइ सेट ५०० थान, मेडिकल पञ्जा पाँच हजार प्राप्त भएको छ ।
रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न शहरसँग भएको भगिनी सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा चाइना ओभरसिज एशोसियशनका अध्यक्ष चाङ र सचिव साङसावो (सन्देश), महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षको सहभागितो थियो । रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…