
पोखराको पर्यटन व्यवसायी तथा पोखराका पुर्व उपमेयर गणेशबहादुर भट्टराई सहित १२ जना पर्यटन व्यवसायी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । भट्टराई राप्रपाको राजनीतिबाट उपमेयर बने पनि पछिल्लो समयमा राजनीतिमा सक्रिय थिएनन् । दुई वर्ष अघि देखि नै नेपाली कांग्रेसको राजनीतिमा लाग्ने भट्टराईले बताउँदै आएका थिए । लगतै कोरोना संक्रमण भएपछि कांग्रेस प्रवेश गर्न ढिलाई भएको उनि निकटले बताउँदै आएका थिए ।
उनीसँगै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पनि कांग्रेसमा प्रवेश गरेका छन् । गोपी सहित उनको परिवार पहिले देखि नै कांग्रेस पृष्ठभूमीकै हुन् । कांग्रेस प्रवेश गर्नेहरुमा पर्यटन व्यवसायी धर्मेन्द्रकुमार बाटाजु, जीवन भट्टराई, अशोककुमार भण्डारी, ई विकास भट्टराई, ई विशेष थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र आशिष भट्टराई लगायत कांग्रेस प्रवेश गरेका हुन् ।

सबैलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …