
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ । जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताउनुभयो ।
अधिकृत वाग्लेले भन्नुभयो, “वीरेन्द्रनगरको अङ्कभार ६६ छ । भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन् ।” उहाँले सुर्खेतका विद्यालय खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको जनाउनुभयो । पञ्चपुरी, लेकबेँसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना सङ्क्रमण न्यून भएकाले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने उहाँको भनाइ छ । मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।
जसमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याब्सन, एनप्याब्सन, शिक्षक महासङ्घ र शिक्षक अभिभावक सङ्घ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आगामी सातादेखि सुर्खेतका सबै सामुदायिक र संस्थागत विद्यालय खुल्ने बताउनुभयो ।
स्वास्थ्य सङ्क्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने प्रजिअ रिजालले बताउनुभयो । दुई÷तीन दिनभित्र मापदण्ड निर्माण गरी प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उहाँको भनाइ छ । विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना सङ्क्रमणको अवस्था हेरिनेछ ।
सुर्खेतका नौमध्ये छवटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधिअनुसार ग्रीन जोनमा परेको र भौतिकरुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगङ्गा तथा गुर्भाकोट नगरपालिका पहेँलो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परे पनि विद्यालय खुलाउने तयारी गरिएको छ । रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…