
देशभित्रै कोरोनाभाइरसको महामारी फैलिएपछि गत एप्रिल महिनामा खोप निर्यात रोकेको भारतले आउँदो अक्टोबर महिनाबाट फेरि अन्य देशमा खोप निर्यात गर्ने भएको छ ।
भारतले आप्नो देशमा कोरोना व्यापक फैलिएपछि नेपाल सरकारले खोपकालागि रकम भुक्तानी गरिसकेको अवस्थामा पनि खोप रोकेको थियो । विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिड खोप निकासीमा रोक लगाएपछि नेपाल लगायत विश्वभरिका खासगरि विकासोन्मुख देशहरुलाई असर परेको थियो ।
भारतीय स्वास्थ्य मन्त्री मनसुख मांडवियाका अनुसार अक्टोबरमा भारतकै निम्ति त्याहँका खोप निर्माताहरुले करिब ३० करोड मात्रा खोप उत्पादन गर्ने ठानिएको छ । त्योभन्दा बढी उत्पादन भएका खोप निकासी गरिने स्वास्थ्यमन्त्रीले बताएका छन् । स्वास्थ्यमन्त्रीले सोमबार बोल्दै अब भारतले विश्वलाई मद्दत गर्ने र कोभ्याक्स अन्तर्गतको जिम्मेजारी बहन गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।
यो महिना भारतका निर्माताहरुले २६ करोड मात्रा खोप उत्पादन गर्ने ठानिएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिशिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकहरुमा कोम्यभ्याक्समार्फत वितरण गरिने बताइएको छ । भारतले सन् २०२१ को अन्त्यसम्म आप्नो सबै वयस्क जनसंख्यालाई खोप लगाइसक्ने बताएको छ । भारतले अहिले सम्म ८२ करोड भन्दा धेरै मात्रा खोप लगाइसकेको बताइएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…