
कोरोना भाइरसको संक्रमणका कारण पाेखरामा ४ जनाकाे मृत्यु भएकाे छ । पाेखराका विभिन्न अस्पतालमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुने सबै कास्कीका हुन् ।
पाेखरा १० की ३८ वर्षीया महिलाकाे आइतबार मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ । यसै गरी पाेखरा १ की ३९ वर्षीया महिलाकाे उपचारकाे क्रममा शनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ ।
यसै गरी पाेखरा १ का ७५ वर्षीय पुरुषकाे चरक मेमाेरियल अस्पताल पाेखरा र रुपा १ की ९१ वर्षीया महिलाकाे गण्डकी मेडिकल कलेज पाेखरामा शुक्रबार उपचारकाे क्रममा मृत्यु भएकाे छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३५७ पुगेको छ ।




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…