
रेबिज कुकुरलगायत बौलाहा जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । सुरुमा रेबिज भाइरस रोक्न सकिन्छ । लक्षण देखिएपछि भने मृत्यु अनिवार्यजस्तै हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन बताउँछन् ।
यसैले कुकुरले टोकेपछि जतिसक्दो चाँडो खोप लगाउनु पर्ने डाक्टर बनाउँछन् । रेबिज भएपछि पहिलो चरणमा हल्का ज्वरो आउँछ । टोकेको ठाउँ झमझमाउँछ । ढाडको तल्लो भाग दुख्ने हुन्छ । यसपछि दास्रो चरणमा हावा, पानीदेखि डर लाग्ने र छटपती हुने हुन्छ । बिरामीहरु आक्रमक र तोडफोडमा समेत उत्रने हुन सक्ने डाक्टर बताउँछन् । रेबिजको राकथामकालागि कुकुर नियन्त्रण गर्नु पर्छ । यसकालागि स्थानीय, प्रदेश र संघ सरकारले योजना नै बनाए र अघि बढ्नु पर्ने डा पुन बताउँछन् ।
विश्वमा रेबिजबाट हुने मृत्युलाई सन् २०३० सम्ममा शुन्यमा झार्ने लक्ष्य छ । नेपालमा भने यो लक्ष्य पुरा गर्न चुनौती छ । व्यवस्थापन गर्न तर्फ तीन तहकै सरकारको फितलो व्यवस्थापनका कारण चुनौती देखिएको हो । यो रोग कुकुरबाट कुकुरमा पनि सर्छ । रेबिज लागेको कुकुरले मान्छे र अन्य पशुलाई टोक्दा रेबिज विरुद्धको खोप नलगाए मृत्यु हुन्छ ।
९९ प्रतिशत रेविज कुकुरको टाकाइबाटै लाग्ने गरेको विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानले देखाएको छ । यो रोगबाट प्रत्येक वर्ष ६० हजारको मृत्यु हुने गरेको पाइएको छ । खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु । यसैले अनिवार्य खोप लगाउ ।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…