
सेनेटरी प्याडमा लगाइएको कर खारेजीको माग गर्दै युथ कांग्रेस नेपालले पोखरामा शनिबार प्रदर्शन गरेको छ । पोखरामा मानवअधिकार चोकमा भएको प्रदर्शनमा सहभागीहरुले रातो कर खारेजीको माग गरेका छन् ।
सेनेटरी प्याडमा लगाइएको १३ प्रतिशत कर लगायत सबै कर कटौती गर्न माग गरिएको हो । सहभागीहरुले सेनेटरी प्याड विलासिता होइन आवश्यकता हो भन्दै महिनावारी सम्बन्धि सम्पूर्ण सामाग्रीहरुमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउन युथ कंग्रेस नेपालले माग गरेको छ ।
अतिआवश्यक सामाग्रीमा पनि कर लगाएर सरकार कति अबुझ छ भन्ने देखाएको संयोजक सुशान्त पराजुलीले बताए । प्रर्दशनमा सहभागीले सरकार महिनावारीमा कर कहिले सम्म भन्ने प्रश्न गरेका थिए । सेनेटरी प्याड लगायतका उत्पादनहरु आधारभूत स्वास्थ्य सुविधा अन्तर्गत राखेर अहिले लगाइएका सबै खाले कर खारेज हुनु पर्ने प्रदर्शनमा सहभागीले माग गरेका छन् ।







२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…