
पाेखरा: कोरोना भाइरसको त्रासमा नेपालीहरूले विक्रम संवत् २०७७ लाई बिदाई गर्दै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका छन्। नयाँ वर्ष मनाउन पाेखराका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । सङ्क्रमण बढ्दै गएकाले सरकारले २५ जनाभन्दा बढी सहभागी नहुन हालै निर्देशन दिए पनि पाेखराकाे तालबाराही मन्दिरमा दर्शन गर्नेकाे भिड लाग्याे । पाेखराकाे अन्य पर्यटकीय स्थलमा विश्वशान्ति स्तूपा , पाताले छाँगाे, विन्ध्यवासिनि मन्दिर लगायतमा पनि उस्तै भिड लागेकाे थियाे ।


नेपाल आइडल सज्जाले तताइन लेकसाइड
नयाँ वर्ष २०७८ लाई स्वागत विक्रम संवत् २०७६ साललाई बिदाई गर्न पोखराको लेकसाइडका रेष्टुरेण्टहरुले चर्चित कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम गरेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलले नयाँ वर्ष स्पेसल बनाउन नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाईलाई स्टेजमा उतारेकाे थियाे ।
सज्जाले नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार राति लेकसाइड तताइन् । देशका बिभिन्न शहरबाट आएका स्वदेशी र बिभिन्न देशबाट आएका केही पर्यटक पनि सज्जाको गीतमा रमाउँदै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका थिए । सज्जाले म संसार जित्ने आँट गर्दैछु लगायतका दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन ।
वैशाख १ गते नयाँ वर्षको साँझ भ्वाइस अफ नेपालका सुशान्त गौतमको प्रस्तुती दिएकाे प्याराडिसो स्पोर्टस बार एन्ड ग्रिलका म्यानेजर हरि पौडेलले बताए । लेकसाइडका बिजीबीमा स्थानीय ब्याण्डका कलाकारले गित प्रस्तुत गरेका थिए । यसरी लेकसाइडका बिभिन्न रेष्टुरेण्ट तथा होटलहरुमा नयाँ वर्षलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रस्तुति दिदै नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाई ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…