
बेलायत सरकारले कोरोना महामारीका कारण विश्का धेरै देशलाई रातोसूचीमा राखेकोमा नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रुपमा हेरफेर गर्ने तालिका अनुसार बेलायत सरकराले नेपाल सहित ४७ देशलाई रानोसूचीबाट हटाएको हो ।
रातोसूचीबाट हटाए संग सोमबार (असोज २५) गते देखि लागू हुने भ्रमणसम्बन्धी गतिविधि अन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ । अझै ७ देशलाई भने बेलायत सरकारले रातोसूचीमै राखेको छ ।बेलायत सरकारले विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिएको जनाएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेहरु क्वारेन्टिनमा बस्नु पर्ने छैन ।
कोरोना परीक्षण भने डे टु प्याकेज प्रयोग गर्न सक्ने जनाइएको छ । बेलायत सरकार बेलायत भ्रमणमा आउनेले अक्सफोर्ड, एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेन गरी चार प्रकारका खोपमध्ये जुनसुकै लगाएको भए पनि मान्य हुने जनाएको छ । खोप लगाएको प्रमाण भने पेश गर्नु पर्ने छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…