नेपालमा २८.२ प्रतिशतले लगाए कोरोनाको खोप


     नेचर न्युज    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

 यस्तै ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा  कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेको छ । विभिन्न चरणमा कोभिड विरुद्धको खोप लगाउने क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बृद्धबृद्धालाई खोप लगाइएको थियो । पछिल्लो पटक खोप लगाएका उमेर समूहमा १८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ३२.६ प्रतिशतले पूर्ण मात्रा खाप लिइसकेका छन् ।

१५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्याङ्क छ । नेपालमा १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ । सरकारले खोप लगाउने काम निरन्तरता दिने क्रममा भेरोसेल खोपको पहिलो मात्रा लिएका नागरिकलाई कात्तिक ४ गते बिहीबारदेखि देशभरि दोस्रो मात्रा दिने व्यवस्था मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।