
सृष्टिको उद्भव र निरन्तरताको ब्रह्मसूत्र आफूभित्र समाहित गरेरपवित्रताको अमृतमय सुवास छर्दै गतिशीलताका औंलाहरुलेछङछङ र कलकलको अनुपम संगीत भर्दै बगिरहेकी प्रिय कालीगण्डकी
तिम्रै पानीका थोपाहरुसँग मेरा आँसुले लिएका हुन् रङको सापटी ओ प्रिय कालीगण्डकी तिम्रा तिनै गहिरा छालहरुबाटैसिकेर जिन्दगीको दर्शनशास्त्र मेरा खुसीहरुले हालेका हुन् पखेटा तिमीले सिँचेर नै हराभरा भएको हो
यो प्रकृतिको भूगोल चराहरुले गाइरहेका हुन् हर्षको चिरबिरर जलचरहरुले हानेका हुन् तृप्तिको बाँकटे तिम्रै बुई चढेर मुक्तिनाथ पुगीमैले देखेको हुँ परम मोक्षको सपना कागबेनीको किनारमा सुस्ताउँदैफेरेको हो मैले शान्तिको श्वासतिम्रै हत्केलाहरुले कुँदेका शालिग्राममापुजेको हो मेरो आस्थाको ईश्वर
अनि
तिम्रो दिलका अंशहरु जोडेरमानिसले बसाएको हो सभ्यताको घर ओ प्रिय कालीगण्डकी मेरो नसा-नसामा बगिरहेछौ तिमी फेरेपछि आाको अन्तिम श्वास आउनेछु म समाधिस्थ हुन् तिम्रै काखमाजबशत्रुले प्रहार गर्छ तिम्रो अस्तित्वको छातीमा क्रुर क्रसरको खुँडातिमीलाई बेचेर
कौडीको मूल्यमा भर्न खोज्छ आफ्नो स्वार्थको ढिकुटीआफ्नो नामजस्तै तिमीले धारण गर्नेछौ महाकालीको रौद्र रुप र पढाउनेछौ कि जिब्रोको स्वादको लागि आफ्नै मुटुलाई टुक्राटुक्रा पार्नु एक त्रासद आत्महत्या हो भन्ने अमूल्य पाठ !
-प्यूठान
कविता कालीगण्डकी बचाऔँ अभियान फेसबुक फेजबाट लिइएकाे हाे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…