
कोरोना लागेर अमेरिकामा हिउँ चितुवाको मृत्यु भएको खवर छ । अमेरिकाको नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको मृत्यु भएको द वासिङटन पोष्टले जाएको छ ।
द लिंकन चिल्ड्रेन जूमा रहेका एभरेस्ट, मकालु र रान्न्नी नाम गरेका हिउँ चितुवाको मृत्यु भएको हो । यहाँका चितुवालाई एक महिनाअघि कोराना संक्रमण देखिएको बताइएको छ । गत शनिबार तीनै वटा हिउँ चितुवाको मृत्यु भएको चिडियाखानाले जानकारी दिएको समाचारमा जनाइएको छ । हिउँ चितुवाको मृत्युले चिन्ता छाएको छ ।
चिडियाखानामा रहेका दुई बाघलाई पनि कोरोना देखिएको र बाघलाई सन्चो भइसकेको बताइएको छ । लिंकन चिडियाखानाका केही जनावरमा कोरोनाको लक्षण देखिएपछि परीक्ष गरिएको हो । त्यसमध्ये अधिकांशलाई कोरोना देखिएको समाचारमा जनाइएको छ । कर्नेल फेलिन हेल्थ सेन्टरका अनुसार मान्छेबाट जनावरमा कोरोना सरेपछि तिनले अरु जनावरमा सार्ने सम्भावना हुने बताएको छ । तर जनावरले मान्छेमा सारेको भने अहिले सम्म पुष्टि नभएको केन्द्रले जनाएको बताइएको छ । काेराेना लागेर हिउँ चितुवाकाे मृत्युले वन्यजन्तु संरक्षणमा चुनौती थपिएकाे छ ।
तस्बिर : द वासिङटन पोष्ट



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…