
भारतमा यति बेला वायुप्रदूषण चरम स्तरमा पुगेको छ । वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले आकस्मिक उपायहरुका रुपमा भारतको दिल्लीमा विद्यालयहरु बन्द गर्ने, निर्माणको कार्य बन्द गराउने र कर्मचारीलाई घरैमा बसेर काम गर्ने वातावरण मिलाउन सरकारी र निजी कार्यालयलाई आदेश दिने जस्ता उपाय अपनाइएको छ ।
भारतमा भएको वायुप्रदूषणको असर नेपालमा देखिन सक्ने विज्ञहरुले बताएका छन् । यस अगाडि भारतमा प्रदूषण देखिँदा काठमाण्डौ उपत्यका लगायत विभिन्न स्थानमा वायु प्रदूषणको असर देखिने गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो महिनामा विभिन्न कारणले दिल्लीको तुवाँलो सबैभन्दा नराम्रो अवस्थामा पुग्ने गर्छ ।
ग्रीन पीसका अनुसार कोभिड रोकथामका लागि लकडाउन लगाइएको बेलामा प्रदूषणको सम्पर्कमा पुगेका कारण गत वर्ष दिल्लीमा झण्डै ५७ हजार जनाको अकालमैमृत्यु भएको जनाइएको छ । यसैले अहिले देखिएको प्रदूषणको कारण विद्यालय, सरकारी तथा निजी कार्यालय बन्द गर्ने आदेश सरकराले दिएको छ ।
सर्वोच्च अदालतले पनि केन्द्र र प्रदेश सरकारहरुलाई आकस्मिक उपायहरु अवलम्बन गर्न आदेश दिइसकेको छ । दिल्लीमा वायुमण्डलमा पाइने खराब तत्वहरु विश्व स्वास्थ्य संगठनले तोकेको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै बढी भएको पाइएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…