
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, इसबाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका एक सदस्यका अनुसार शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ ।
गृह मन्त्रालयले यस अघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई,अनअराइभल भिसा नदिने अध्यागमन विभागलाई निर्देशन दिएको थियो । दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अहिले विश्वका दुई दर्जन बढी देशमा देखा परिसकेको छ । छिमेकी देश भारतमा पनि ओमिक्रोन भेरियन्टका दुई जना संक्रमित भेटिएको पुष्टि भएको छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…