
नेपालमा पनि दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको ओमिक्रोन भेरिन्ट भित्रिएको छ । विश्वस्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नमा राखेको ओमिक्रोन नेपालमा पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सोमबार पुष्टि गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो ।
मंसिर ३ गते नयाँ भेरियन्ट भेटिएको देश हुँदै नेपाल आएका ६६ वर्षीय विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट देखिएको हो । उनको सम्पर्कमा आएका एक जना व्यक्तिमा मंसिर ७ गते कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । परीक्षण गर्दा दुबैमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालले जनाएकाे छ ।
सरकारले तत्काल लकडाउन नहुने स्पष्ट पार्दै कोभिडको प्रोटोकल पालना गर्न अनुरोध गरेको छ । नयाँ भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउन हुने चर्चा चलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने स्पष्ट पारेको हो । भोतिक दूरी, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरुले सझाएका छन् ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले लकडानबारे छलफल नभएको बताएका छन् । अहिले तत्काल लकडाउन नहुने र त्रास पार्ने काम नगर्न उनले अनुरोध गरे । सरकारको ध्यान खोप अभियानमा केन्द्रीत रहेको पनि उनले बताएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…