
बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार देखि बाघ गणना सुरु हुदै छ । ठाकुरद्धारामा एका औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाघ गणना फागुन मसान्तमा सकिने गरि गणना देशका बाघ पाइने क्षेत्रमा गणना भइरहेको छ । मंसिर १९ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जबाट बाघ गणनाको सुरु गरिएको थियो । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा आज देखि चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने बताइएको छ । यसकालागि आवश्यक प्राविधिकसहित ९८ जना जनशक्ति खटिने छन् ।
हरेक चार वर्षमा बाघ गणना गरिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एसएस नेपालको संयुक्त पहलमा बाघ गणना भइरहेको हो । सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २ सय ५० पु¥याउने सरकारको लक्ष्य रहेको छ । गणनापछि लक्ष्य पुरा हुने नहुने एकिन हुने छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …